नेप्से ८७ अंकले बढ्दा, कारोबार रकम पनि बढ्यो

काठमाडौंः साताको दोस्रो कारोबारको दिन आज सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ । 

आज नेप्से ८७.६३ अंकले बढेर २६७२.२५ अंकमा पुगेको छ । त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत १३.६१ अंकले बढेर ५०४.५७ अंकमा पुगेको छ । 

केही समयदेखि नेप्से उच्च अंकले घट्दा लगानी कर्ताहरु निराश बनेका थिए । तर हिजो र आज नेप्से दोहोरो अंकले बढेपछि केही लगनीकर्ता केही उत्साहित भएका छन् । 

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । यस दिन विभिन्न २२९ कम्पनीको ८३ लाख ९५ हजार ८६४ कित्ता सेयर ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५७५ रुपैयाँमा कारोबार भएको छ । यसअघि हिजो २ अर्ब ७७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

आज कारोबारमा आएका सबै उपसूचक उकालो लागेको छ । सबैभन्दा धेरै फाइनान्स समूह ७.८१ प्रतिशतले बढेको छ । ३३ कम्पनीको भाउ ९% भन्दा माथिदेखि सर्किट लाइनसम्म वृद्धि भएको छ ।

खरिदबिक्री रकममा महालक्ष्मी विकास बैंक६ करोड २५ लाख रुपैयाँभन्दा बढीसहित अग्रस्थानमा रहेको छ ।यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अपि पावर र सिद्धार्थ बैंक परेका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै