प्रतिनिधिसभा बैठकमा आज पनि एमालेको अवरोध, अर्को बैठक कात्तिक २९ गते

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आजको प्रतिनिधिसभा बैठक पनि अवरोध गरेको छ । बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले नाराबाजी गर्दै वैठक अवरुद्ध गरेका हुन् । 

सभामुख सापकोटाले बाढीपहिरोलगायतका विषयमा महत्वपूर्ण छलफल गर्नुपर्ने भएकाले संसद सञ्चालन गर्न सहयोग गर्न आग्रह गरे पनि एमालेले अवरोध कायमै राखेपछि सभामुखले संसदको कामकारबाही अगाडि बढाउनु भएको थियो ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सुनाइएको थियो भने राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन ०७७÷७८ पेस गरिएको छ । 

साथै प्रतिनिधिसभाको बैठकमा लगातार अनुपस्थित सांसदहरूबाट प्राप्त अनुपस्थितिको सूचना स्वीकृत गरिएको छ । बिरामी भएर स्वास्थ्य लाभ गरेर उपचार गराइरहेका सांसदहरूको अनुपस्थितिको सूचना स्वीकृत गरेको बैठकमा सभामुख सापकोटाले जानकारी दिनुभयो । बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरी १३–१३ वटा बैठकमा अनुपस्थित रहनुभएको जानकारी दिइएको छ । 

प्रतिनिधिसभाको अर्को बैठक कात्तिक २९ गते दिउँसो १ बजे बस्नेछ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै