साताकाे अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं ।  आज  पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ। बिहीबार नेप्से काराेबारकाे अन्तिम दिन पनि हाे। काराेबारकाे अन्तिम दिन १३.४अंकले बढेर २ हजार ७ सय ८२.१६काे विन्दुमा पुगेकाे छ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ। आज जम्मा पाँच अर्ब ३९ करोड ५२ लाख बराबरको कारोबार भएको छ। बुधबार नेप्सेमा ६ अर्ब ६१ करोड २६ लाख बराबरको कारोबार भएको थियो। आज सबैभन्दा धेरै कारोबार गर्नेमा नेशनल हाइड्रपावर कम्पनी लिमिटेड रहेको छ। कम्पनीले २९ करोड १९ लाख पाँच हजार तीन सय १६ रुपैयाँको कारोबार गरेको छ। 

आज कारोबार भएका ६ वटा समूहबाहेक अन्य सबै समूह बढेका छन्। हाइड्रोपावर, माइक्रो फाइनान्स र अन्य समूहको सूचकमा दुई प्रतिशतभन्दा धेरैको वृद्धि भएको छ भने विकास बैंक, फाइनान्स, निर्जीवन बिमा समूह र लगानी समूहको सूचकमा सुधार आएर हरियो देखिएका छन्। यस्तै बाँकी सबै समूहको सूचक राताम्मे भएको छ । राता देखिएका सूचकहरूमा शून्यदेखि एक दशमलव १५ प्रतिशतले गिरावट आएको नेप्सेले जनाएको छ। 

आज सर्वाधिक कमाउनेमा रिडि हाइड्रोपावर विकास कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, आज सबैभन्दा धेरै गुमाउने लगानीकर्तामा एभरेष्ट इन्स्योरेन्स  कम्पनी लिमिटेडको प्रमोटर सेयरका लगानीकर्ता रहेका छन् । कम्पनीको सेयर मूल्य  सात दशमलव ७९ प्रतिशतले घटेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै