विद्युत् महसुल दर घटाउने र डिमान्ड शुल्क नबढाउने निर्णयको  महासंघ द्धारा स्वागत

 काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघले  विद्युत् डिमाण्ड  शुल्क नबढाउने  र  विद्युत महसुल दर घटाउने  प्राधिकरणकाे निर्णयको स्वागत गरेकाे छ। कोभिड–१९ को संकटमा रहेको उद्योग–व्यवसायलाई यसले थप राहत पुग्ने महासंघको विश्वास छ।

डिमाण्ड शुल्क वृद्धि नगर्ने निर्णयबाट निजी क्षेत्र उत्साहित भएको छ। यो निर्णयबाट आर्थिक गतिविधिमा केही मात्रामा भए पनि सहयोग पुग्ने महासंघको विश्वास छ।

महासंघले प्रतिस्पर्धी उत्पादन र रोजगारी सिर्जनाका लागि  विद्युत् महसुल न्यून गरी अन्य शुल्कसमेत हटाउँदै जानुपर्ने र उद्योगहरूलाई सहुलीयत दरमा विद्युत् उपलब्ध गराउनुपर्ने माग गर्दै आएको छ।

विद्युत् खपत बढाउन औद्योगिक ग्राहकका लागि महसुल अझ सस्तो हुनुपर्ने र यसले प्रतिस्पर्धी बजार सिर्जना र व्यापार घाटा न्यूनीकरणमासमेत सहयोग पुग्ने महासंघले जनाएको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै