रविन्द्र मिश्रद्वारा जारी मार्ग परिवर्तन सम्बन्धि दस्तावेज बहुमतले पारित

काठमाडौं। विवेकशील साझा पार्टीको अध्यक्ष रवीन्द्र मिश्रद्वारा सार्वजनिक गरिएकाे राजनीतिक दस्ताबेज ‘मार्ग परिवर्तनः विचारभन्दा माथी देश’ दुईतिहाइ भन्दा बढी मतले पारित भएको छ।

बिहीवार बसेको केन्द्रीय समितिको बैठकले उक्त दस्ताबेजलाई अङ्गीकार गने निर्णय गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले विज्ञप्तिमार्फत जानकारी दिएका छन्। पाठकद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, 'स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारिएको उक्त दस्ताबेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेका हुन्।' 

त्यसै,गरी बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ।पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको बैठकको निष्कर्ष थियो।

बैठकले पार्टीलाई अब तुरुन्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय पनि गरेको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै