खुलेको दुईदिनमै बन्द भयो अनलाइन  आवेदन लाइसेन्स

काठमाडौ  । यातायात विभागले तीन दिन अघि खुला गरेकाे लाइसेन्सकाे आवेदन पुनः बन्द भएकाे छ। प्राविधिक समस्या आएकाे भन्दै विभागले नयाँ चालक अनुमति पत्र प्राप्त गर्न बुझाउनु पर्ने आवेदन बन्द भएकाे जनाएकाे छ। 

 विभागले लाइसेन्स आवेदन अनलाइन प्रणालीलाई दीर्घकालीन व्यवस्थापन गर्न नसक्दा पटक पटक समस्या देखिदै आएको छ।

बिहीबार यातायात विभागले निकालेको सूचनमा भनिएको छ‘ अनलाइन लाइसेन्स आवेदनमा केही प्राविधिक समस्या आएको कारण मर्मतका लागि बन्द गरिएको हो । यसबाट सेवाग्राहीलाई पर्न गएको असुविधा प्रति क्षमाप्राथी छौं’।

प्राविधिक समस्या आएको भनिएको अनलाइन प्रणाली कहिले सुचारु हुने  भन्ने टुङ्गो छैन ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै