पछिल्लाे २४ घण्टामा ५ सय ९१ काेराेनाका संक्रमति थपिए, २ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा पाँच सय ९१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साेही अवधिमा छ सय ६४ जना संक्रमण मुक्त भएका छन् भने साेही अवधिमा २ जनाको मृत्यु भएको छ। 

हालसम्म देशभर १० हजार २ सय ३६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ११ हजार ४०७ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ३६९ जना पुगेको छ।

यस्तै हालसम्म संक्रमितमध्ये ७ लाख ८९ हजार ७८९ जना निको भएका छन्। हाल देशभर कोरोना निको हुनेदर ९७.३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।  

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै