काठमाडौं ।  त्रिमूर्ति निकेतनले लेखनाथ पौड्याल काव्यसभाका संयोजकमा प्रा.केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजकमा नाट्यभूषण मदनदास श्रेष्ठ र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजकमा प्रा.डा.महादेव अवस्थीलाई मनोनीत गरेको छ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको निकेतनको सभाले सो निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिएका छन्। 

आज सम्पन्न त्रिमूर्ति निकेतनको साधारणसभामा १०२ वर्षीय वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको पनि गरिमामय सहभागिता रहेको प्रसाईँले बताए। डा.जोशी त्रिमूर्ति निकेतनका संस्थापकमध्ये एक हुन्। 
 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै