आईसीसी टी-२० विश्वकपमा पाकिस्तानको लगातार तेस्रो जित

काठमाडौं। पाकिस्तानले आईसीसी टी-२० विश्वकपमा लगातार तेस्रो जित हात पारेकाे छ। शुक्रबार भएको सुपर- १२ को समूह-२ को खेलमा  पाकिस्तानले अफगानिस्तानलाई पाँच विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको हो।

जितका लागि १४८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभरमा ५ विकेटको क्षतिमा १४८ रन बनाएको हो । पाकिस्तानको जितमा ओपनर तथा कप्तान बाबर आजमले सर्वाधिक ५१ रनको योगदान दिए। आसिफ अली २५ रनमा अविजित रहे।

अफगानिस्तानका राशिद खानले ४ ओभरमा २ विकेट लिए। मुजिब उर रहमान र मोहम्मद नाबी र नविन उल हकले समान १–१ विकेट लिए। यसअघि आबूधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४७ रन बनायो । अफगानिस्तानका कप्तान मोहम्मद नाबी ३५ रनमा अविजित रहे । गुलबदीन नईब ३५ रनमा अविजित रहे ।

पाकिस्तानका स्पिनर ईमाद वासिमले  २ विकेट लिए । शाहिन शाह अफ्रिदी, हसन अली, शादब खान, हरिस रौफले १-१ विकेट लिए ।

पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेट र दोस्रो खेलमा  न्युजिल्यान्डलाई ५ विकेटले हराएको थियो । तेस्रो जितबाट ६ अंक बनाउदै समूह-२ मा पाकिस्तान शीर्ष स्थानमा रहेको छ । तेस्रो जितसँगै पाकिस्तानको सेमिफाइनल यात्रा सहज बनेको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै