पशुपतिनाथ मन्दिरमा भेटिएकी बालिकालाई भारतीय अभिनेता अनुपम खेरले पढाउने 


काठमाडौं :भारतीय अभिनेता  अनुपम खेरले पशुपतिनाथ मन्दिरमा भेटिएकी एक बालिकाको पढाइको जिम्मा  लिने  भएका छन् । आरती नाम गरेकी ती बालिकालाई हिन्दी चलचित्र ‘उचाइ’ छायांकनका लागि नेपाल आएको बेला गतसाता पशुपतिनाथ मन्दिर परिसरमा खेरले भेटेका थिए ।

मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै खेरले भारतको राजस्थान घर बताउँदै आरतीले आफूसँग पैसा मागेको र राम्रो अंग्रेजी बोल्ने क्षमता भएको भन्दै प्रशंसा गरेका छन् । 

ती बालिकाले आफू स्कुल जान चाहेको, तर पैसा नभएको बताएको उनले उल्लेख गरेका छन् । बालिकाको पढाइको सम्पूर्ण जिम्मेवारी आफूले लिने ट्वीटमा उृल्लेख गरेका छन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै