आफु जस्तो भएर बिग्रौँ !आफुजस्तो भएर सप्रऔँ !!

सफलता बोगटी 
त्मज्ञान र ब्रम्हज्ञान फरक विषयहरु  हुन । आत्मज्ञान भनेको आफुले आफैलाई भित्र गएर हेर्ने हो । जब तपाईको स्वास भित्र जान्छ कहाँ पुग्छ । के गर्छ कसरी फर्कन्छ । किन मान्छे मर्दा स्वास प्रस्वास रोकिन्छ । यस्तै हामीले खाएको खाना कहाँ जान्छ, कसरी दिशा बनेर निस्कन्छ । कसरी खानाबाट आँखा कान नाक दिमाग रगत मासु आँसु आदि बन्छ । बुद्धि विचार मन इन्द्रिय विवेक इच्छा आदि  कसरी बन्छन्। सोचाईहरु कसरी जन्मन्छन । हड्डी मासु छाला के हो, रौ के हो । शरीर  भित्रका अंगहरु कसरी बनेका होलान । हार्मोनहरु के बाट बन्छन र हामी केटा वा केटी बन्छौं । हामी कसको स्वार्थका लागि बनेका छौ ।

किन मनले चिताएका सबै कुराहरु पुग्दैनन् । संवेगहरु कहाँ हुन्छन । हार्मोनले हामीलाइ कसरी लिड गर्छ । दुख र सुख भनेको भौतिक हो कि मानसिक कुरा हो । आत्मा चिन्ने भक्ति गर्ने र बैराग्य लिने विषयहरु के हुन । आदिका बारेमा जान्नु आत्मज्ञान हो । वा आफैले आफैलाई जान्नु हो ।  

ब्रम्हाज्ञान भनेको चाहि आफु भन्दा बाहिरको संसारका बारेमा जानकारी लिने विषयहरु हुन ।  जस्तो यो परिवार समाज देश कसले र किन बनायो । पृथ्वीको उत्पति कसरी र किन भयो । सौंर्य मण्डल नबनेको भए  के हुन्थ्यो । हालको Oxytocin : The Love Harmon सिद्धान्तको आयु कति छ ।Great Galaxy मा कहिले सारा ब्रहण्डको अन्त्य हुन्छ ।  मानिस वा र्पथ्वीका जीवहरुलाई अरु ग्रहमा एलन मक्सले सार्न सक्छन कि सुरुआत मात्र गर्छन । कसरी Big Bang, बन्न पृथ्वीको हालको १ सेकेण्डको २ खर्ब मध्ये एक भाग समय मात्र लागेको थियो वा त्यति सानो समयको एकाइमा सारा ब्रहाण्ड उत्पति भयो । हालको सुपर कम्पुटरले एक सेकेण्डमा कसरी २ खर्ब अंकसम्म गन्न सक्छ । मान्छे मरेपछि कहा विलय हुन्छ । किन मान्छेले हुदै नभएको भगवानको विश्वास गर्छन । यी यस्ता बिषयहरु चाहि ब्रम्हज्ञान भित्र पर्छन ।

हामी आफु हुनको कारण वा प्रमाण अरुसंग खोज्दछौ । अरुले हामीलाइ राम्रो भनि दिनु पर्ने रे , अरुले हामीलाइ सज्जन मान्छे भनिदिनु पर्ने रे, अरुले हामीलाइ तिमी यो काम गर्न सक्छौ भनि दिनु पर्ने रे आदी । हामी आफुलाई  आफु हुनको प्रमाण अरुसंग माग्नु पर्ने हुदै होइन । एउटा बाघलाइ तिमी बाघ होइनौ विरालो हौ अब मुसा मात्र मार भन्दा मान्छ र त्यस्तै एउटा विरालोलाइ तिमी बाघ हो तिमी अब अर्ना र चित्तलहरु मार भन्दैमा विरालो बाघ हुन्छ र । हामीले प्रकृति प्रद्धत जे पाएका छौ नी त्यहि हो हाम्रो शक्ति र सामथ्र्य  । अरुले जे भने पनि त्यसमा विश्वास गर्नु हुदैन ।  तपाइको क्षमता आफैले देखाउनु पर्छ । तपाइको मनोबल अरुले तपाइ ठिक मान्छे हो भन्दैमा बढ्ने र तपाई खराव मान्छे हो भन्दैमा घट्ने कदापी बन्नु हुदैन । यो समाजले त तपाइलाई यो पनि अरु जस्तै बनोस वा विग्रियोस भनि रहेकै हुन्छ तर तपाई सप्रदा वा विग्रदा अरु जस्तो होइन आफु जस्तो भएर सप्रनु वा विग्रनु पर्छ । 

हामीले जिन्दगिमा पाएको दुःख जीवनको कुनै सजाय वा अपराध भने होइन यो त एउटा छनौट मात्र हो । हवाइ जहाज चढ्दा प्रहरीले इच्छा अनुसार कसैको कुनै एउटा व्याग लगेर छानविन गर्छ बिना कारण । यो २० व्याग मध्ये १ पनि हुन सकछ वा ५० मध्ये ३ पनि हुन सक्छ । दुखको समयमा  मात्र जिवनको महा महत्व थहा हुन्छ । जिवनमा कसैलाइ इच्छा अनुसार क्षमादान वा बदला लिन जे गर्न सकिन्छ । यदि शत्रुलाई बदला लिए पनि र क्षमा दान दिए पनि यि दुबैको महत्व चाहि बराबरी छ । जिवनमा जति सकिन्छ त्यति उदार बन्दै जानु पर्छ । हाम्रा मन भित्रका सोचाइका दायराहरुलाई फराकिलो पार्दै लैजानु पर्छ ।

सबै प्रकारका घेराहरु विनाको संसार बनाउनु पर्छ । काँडा नभएको फलफुल र दुःख नपाएको जिन्दगिको स्वाद मिठो हुदैन । जिन्दगिलाई स्वादिलो बनाउने हो भने ठुला ठुला मानसिक जोखिम मोल्न तयार बस । राष्ट्रपति र प्रधाममन्त्री बन्ने सोचाइ राख । विश्वकै धनि बन्ने विश्वकै विद्धान बन्ने आदी विषयहरुमा ध्यान केन्द्रित गर र यसै अनुकुलको व्याबहार गर । ४ आनाको घर, एउटा कार, बैंकमा केहि बचत, खान बस्न चिन्ता नहोस, जे भनेको पनि विना प्रतिक्रिया मान्ने श्रीमती वा श्रीमान, बिहान बेलुका अरुको १÷२ वटा नमस्कार खाने आदि   भन्ने सोचले त हामीलाई भन्दा पनि आउने मानव सभ्यतालाई सारै ठुलो हानी पुर्याइरहेको हुन्छ । हामीले शरीरमा त्यस्तो सोचाइ वा करुणमय सोचाईवा मायालु सोचाइ राख्न सक्नु पर्छ कि जसका कारणले शरीरमा इहथतयअष्ल स् त्जभ ीयखभ ज्बचmयल उत्पन्न होस र हामी सारा संसारलाइ करुण भावमा देख्न सकौ । सधै सबैको भलो मात्र चिताउने मान्छेमा यो हार्मोन पाइन्छ ।

आज सम्मको हाम्रो मानव सभ्यता मा केवल दुइवटा युद्धहरु अनन्त काल सम्मका लागि भै रहेका छन  वा हामी ती दुई  युद्ध मध्ये एउटाको समर्थन र अर्काको विरोधमा उत्रिरहेका छौ ।यी २ युद्दहरु भनेका तपाइलाई मन पर्ने विषय र तपाइलाई मन नपर्ने विषयहरु मात्र हुन । यिनीहरुको अन्त्य कहिल्यै सम्भव छैन होला । म भन्छु संसारका सबै मान्छे धनि राम्रा सज्जन बनुनु । तर अर्कोले भन्छ संसारका सबै मान्छे गरिब नराम्रा र मुर्ख बनुन ।

यो चक्रको कहिले अन्त्य होला र । संसारमा एक थरी राम्राको पक्षमा र अर्को थरी नराम्रोको पक्षमा छन । तर जसले जे गर्छ उसका लागि चाहि त्यो नै सर्वोत्तम काम बनेको हुन्छ । चाहे त्यो नैतिकताका दृष्टिले अनैतिक, न्यायका दृष्टिले अन्याय, धर्मका दृष्टिले पाप कानुनका दृष्टिले गैरकानुन किन नहोस । आज संसारमा तेस्रो विश्व युद्द नहोस भनेर संयुक्त राष्ट्र संघको स्थापना भएको छ । अब तेस्रो विश्व युद्द भए पछि संयुक्त राष्ट्र संघको विघटन गरीनेछ र यसको स्थानमा अरु क्षेत्रिय संस्थाहरुको जन्म हुनेछ ।

सन १९४५मा संयुक्त राष्ट्र संघको जन्म हुदा पनि यस प्रति असन्तुष्ट जनाउदै पुर्वि एसियाका देशहरुले नयाँ संगठन स्थापना गर्न खोजेका थिए । यो त्यति खेर सम्भव नभए पनि अब चिनको सामरिक आर्थिक र प्राविधिक उदयका कारण यो सम्भव छ । अथवा संयुक्त राष्ट्र संघको एक धु्रविय विश्व द्दि ध्रुविय वा बहु ध्रुविय विश्वमा जानेछ ।
नेपालले संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र भएर शुको फायदा पाएको छैन । त्यस संस्थामा काम गर्ने केहि नेपालीहरु चाहि टट्टु खानदानबाट नव धनाढ्य बन्न पुगेका छन । नेपालमा मात्र होइन विश्वमा नै संयुक्त राष्ट्र संघ एउटा असफल गैर सरकारी संस्था मात्र हो । 

हामीले अहिले सम्म गरीब नेपाल बनाउने डडेलो मात्र जताततै सल्काइ रहेका छौ । धनि नेपाल बनाउने डडेलो सल्काउन त एउटा नयाँ पुस्ताको नै नयाँ उदय हुनु पर्छ ।  भोलिको विकसित नेपाल बनाउदा मेरो हिस्सा चाहि कति होला त भनेर सोच्ने युवाहरुको मरुभुमि हो नेपाल । तर कसै कसैले अति प्रतिकुलताका समयमा पनि राम्रो काम गरिरहेकै हुन्छन । अब भन्नोस त प्रतिकुलतामा त राम्रो काम गर्नेले अनुकुलतामा त्यो काम कति चाहि राम्रो संग गर्ला त ।

जीवनलाई  उपयोगि बनाउने हो भने पहिले आप्mनो जीवनलाई  अरुको संगतबाट टाढा राख्नु पर्छ । राम्रो काम गर्न अरुको अर्ति उपदेश राय सल्लाह परामर्श आदी  लिनु नै बेक्कार मात्र हुन्छ । तिमी जिवनमा अरुलाइ टाढा राख र आफु भित्र आफै पस । के के भेट्छौ के के । अरुको सल्लाह लिनु भनेको उसको ज्ञान सिप अनुभव कला आदीका बारेमा जानकारी पाउनु मात्र हो । जिवनमा तिम्रो आप्mनो मौलिकता चाहि प्रयोग गर । तिम्रो जीवनको महत्व अरुलाई थहा नै हुदैन तिमी कति ओजस्वि र तेजस्वि छौ भनेर । मेरुदण्ड भाँचिएर पनि जिवन बाँचिरहेकाहरुलाई थाहा हुन्छ जिवनको महत्व कस्तो हुन्छ भनेर । एक पटक उनिहरुसंग बसेर बात मार त,  उनिहरु के भन्दा रहेछन ।

हामी चाहिने काममा समय खर्च गर्दैनौ तर नचाहिने र अनावश्यक काममा समय खर्च गर्छौ ।  ठुलाठुला काम थाल्न आफै डराउछौ । हामी कुनै काम नगरेको दिन पनि मस्तसंग निदाइ रहन सक्छौ । यसको परीणाम के हो भने हामी हाम्रै कारणले गरीब बनेका रहेछौ । अरुको लहैलहैमा लागेर जिवनका दुखलाइ पनि यहि हो सुख भन्ने भ्रममा हामी परेका रहेछौ । जिन्दगिको मिठोपना भनेकै जिन्दगिमा एक्लै बस्नु वा एक्लै हिड्नु हो । यसो भएमा तिम्रो साच्चो साथि आफै बन्छ । यसो गर्दा तिमीले पाउने दुख र सुखको हिस्सेदार अरुहरु बन्न नै पाँउदैनन् । तिमै्र कारणले तिमीले दुख र सुख पाएका हौ । अरुले तिमीलाइ धोका दिए वा माया गरे भन्दा पनि तिमीले नै आफुलाइ धोका दियौ कि माया गरेउ भन्ने कुरा महत्वपुर्ण हुन्छ ।
जिवन पनि टेक्नेलोजिका ८ प्रकृतिहरु जस्तै हुन्छ । जिवन कतै भासि हाल्यो वा बन्द भयो वा चलेन भने यसलाइ पनि कि भित्र बाहिर, कि वर पर, कि तल माथि, कि बन्द वा खुल्ला गर्नु पर्छ, जिवन सहजै सरल बन्छ । 

हो हामी आआफ्नै जीवन यात्रामा निस्केका छौ, हिड्दा हिड्दा आज यति बर्षको जिवन यात्रा पार भयो । अहिले सम्म भेट्ना साथ गला चड्काइ दिनु पर्ने मान्छेहरु सम्झनु परो भने तिम्रा ५ जना कुन कुन मान्छेहरु हुन त, त्यस्तै तपाइलाइ आजको स्थितीमा पुराउने ५ जना पनि त होलान । तर यि १० जना कोहि पनि होइनन् किनकि हामी  कहिले नसकिने मनाव सभ्यताका हामीलाइ मन पर्ने र मन नपर्ने एउटा युद्धको पक्ष र विपक्षमा काम गररिहेका मात्र छौ 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै