४ इन्च लामो पुच्छार भएको बच्चाको जन्मियाे

काठमाडौं । अहिले पनि मानिस बाँदरको बंशज हो भन्ने भनाइ चलनचल्तिमै छ। बैज्ञानिकहरुका केही रिपोर्टले पनि मानिसको पूर्खा बाँदर भएको स्वीकार गरेका छन्। 

अर्को कुरा कुनै पनि वस्तुको प्रयोग भएन् भने लोप भएर जाने प्राकृतिक नियम नै छ। मानिसमा पनि पहिला बाँदरको जस्तै पुच्छार हुने र त्यो प्रयोग विहिन भएपछि लोप भएर गएको कतिपय रिपोर्टहरुले देखाएका छन्। 

तर, ब्राजिलमा  भने अहिले १० सेन्टिमिटर लामो पुच्छार भएको मानिसको जन्म भएको छ। अन्तराष्ट्रिय संचार माध्यायममा आएको समाचार अनुसार ब्राजिलको उक्त घटनाले डाक्टरहरु र बैज्ञानिक समेत अच्चममा परेका छन्। 

डाक्टरका अनुसार पुच्छरको लम्बाइ ४ इन्च बढिसकेको थियो। पुच्छरको छेउ डल्लो थियो र पुच्छरमा कार्टिलेज र हड्डी थिएन। अहिलेसम्म बिना हड्डीको पुच्छरसहित विश्वभरीमा ४० बच्चा जन्मिएका छ । डाक्टरहरुका अनुसार गर्भमा बच्चाको भ्रुणमा एउटा पुच्छर विकसित हुन्छ तर पछि यो सामान्य रुपले शरीरमा हराउँछ। केही निकै दुर्लभ केसमा मात्र पुच्छर बढ्छ।

डेली मिररमा प्रकाशित एक रिपोर्टअनुसार यो बच्चा ब्राजिलको अल्बर्ट साबिन चिल्ड्रेन हस्पिटलमा जन्मिएको हो।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै