अस्थिर राजनीति,सुरक्षा अभाव,चापलुसीमा अगाडि बढ्ने प्रवृतिका कारण विदेश पलायन भएँ :डा.रावत

डा.गोबिन्दसिंह रावत नेपाली रंगमञ्च र साहित्यका प्रसिद्ध स्रष्टा हुन् । डा.रावत लामो समयदेखि देश बाहिर छन् । देशको अस्थिर र असुरक्षित वातावरणका कारण विदेश पलायन हुन बाध्य भएको बताउने डा.रावतले क्यानडामा वसेर नेपाली रंगमञ्च,साहित्य र कलासंस्कृतिका क्षेत्रमा उदाहरणीय काम गर्दै आएका छन् ।  
प्रस्तुत छ , टोरन्टो, क्यानडा निवासी डा.रावतसंग गरिएको छोटो संवाद  :


म क्यानडामा बस्छु । यहाँ आएपछि मैले नेपाली टोपी ईभेन्टको थालनी गराए । भानु जयन्तिलाई अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य दिवसका रुपमा मनाउने कार्यको थालनी गराए ।
 

-नेपाली रंगमञ्चमा तपाईंले गरेको योगदान आज पनि नेपाली दर्शकले भुलेका छैनन् !  तर तपाईंले रंगमञ्चलाई भुल्नु भयो कि ?

रङ्गमञ्चसँग मेरो सम्बन्ध बाल्यकाल देखि नै गाँसिएर झाङ्गिदै गएको हो । शिलाङ्गबाट सुरु भएको रङ्गमञ्चीय यात्रा नेपाल हुँदै क्यानडासम्म आई पुगेको छ । नेपाली रङ्गमञ्चलाई एकल अभिनयका माध्यमबाट विश्वभरी पु¥याउन सफल भएको हुँ । सडक नाटकदेखि नाटकको कार्यशाला गोष्ठीको पहल गर्दै पहिलोपटक नेपालमा अन्तर्राष्ट्रिय नाटक महोत्सवको सफल आयोजना र संयुक्त नाटकको अवधारणालाई अगाडि बढाएर सर्वनामका माध्यमबाट नेपालमा नाटकलाई निरन्तरता दिदै आएको कुरा दर्शकले विर्सेका छैनन् । आज पनि नेपाली समुदायको भेटघाटमा एकल अभिनय गर्छु । नाटक लेख्दै आएको छु ।

क्यानडा आएपछि यहाँको टोरन्टो विश्वविद्यालयसँग समन्वय र सहयोगमा ‘विश्वरङ्गमञ्चमा सडक नाटक परम्परा’ विषयमा विद्यावारिधी गरेर नेपालसँगै विश्वरङ्गमञ्चको इतिहासको समेटेको छु । मैले रङ्गमञ्चलाई बिर्सेको छैन । मात्र समय र परिस्थितिले हामी बीच समन्वय बनाउन सकेको छैन

मलाई नेपालको अस्थिर राजनीतिक अवस्था, सुरक्षाको अभाव, चाकरी चापलुसीमा अगाडि बढ्ने प्रवृति र  प्रतिभाको सही तरीकाबाट मूल्याङ्कन नहुने देखेर पलायन हुन मन लाग्यो ।  अझ भनौं, मलाई देशको तत्कालीन ९अहिलेसम्म पनि० परिस्थितिले पलायन हुन बाध्य गरायो र मैले सही निर्णय गरेकोमा पछुतो छैन ।

-नेपालमा स्थापित तपाईंलाई विदेश पलायन हुनमा बिदेशीने लहर या पैसा के ले तान्यो ?

नाटकले मलाई विश्व घुमाएको थियो । प्रत्येक वर्ष एकदुईपटक म विदेशमा गएर नाटकको गोष्ठी, सम्मेलन, प्रस्तुतिमा सहभागी बन्दै आएको थिए । त्यसैले विदेशीने लहर कहिल्यै भएन । नेपालमा पनि म व्यस्तनै रहन्थे । भक्तपुर क्याम्पसको सह–प्राध्यापक, सिमिजु कर्पोरेशनको प्रशासक प्रमुख, रेडियो नेपालको दिन–प्रतिदिन कार्यक्रमका संचालकको कार्यभारका अतिरिक्त नाटकको कार्यशाला गोष्ठी संचालन गर्ने, नाटक र सडक नाटक मञ्चन गर्ने, गाईजात्रामा हाँस्यव्यग्ँय प्रहर्सन गर्ने गर्थे । त्यसैले पैसाले कहिल्यै तानेन ।

मलाई नेपालको अस्थिर राजनीतिक अवस्था, सुरक्षाको अभाव, चाकरी चापलुसीमा अगाडि बढ्ने प्रवृति र  प्रतिभाको सही तरीकाबाट मूल्याङ्कन नहुने देखेर पलायन हुन मन लाग्यो ।  अझ भनौं, मलाई देशको तत्कालीन (अहिलेसम्म पनि) परिस्थितिले पलायन हुन बाध्य गरायो र मैले सही निर्णय गरेकोमा पछुतो छैन । म विदेश आएपछि स्थाई बस्न कागजपत्र बनाएर बसेको हैन । मैले नेपालबाटै स्थाई बासिन्दाको पि.आर. प्रक्रिया पुरा गरेर परिवार सहित आएको हुँ ।  

-अमेरिका गएर के पाउनु भयो के गुमाउनु भयो ?


म क्यानडामा बस्छु । यहाँ आएपछि मैले नेपाली भाषा साहित्य र संस्कृतिको संवद्र्धनको क्षेत्रमा धेरै काम गर्ने मौका पाए । क्यानडामा नेपाली भाषाको रेडियो, टेलिभिजन, पत्रिका, समाचार प्रधान वेभ साईट, साहित्यिक संस्था, साहित्य संग्रह, साहित्य गोष्ठी, पशुपतिनाथको मन्दिर आदि धेरैनै कामको थालनी गराए । मैले यहाँ आएर आप्रवासी साहित्यकारका रुपमा आफ्नो परिचय बनाए । नेपाली साहित्यको विश्वव्यापीकरणको अध्ययनको थालनी गराए । नेपाली टोपी ईभेन्टको थालनी गराए । भानु जयन्तिलाई अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य दिवसका रुपमा मनाउने कार्यको थालनी गराए ।

उत्तर अमेरिकाका साहित्यकारहरुलाई एउटै मञ्चमा राखेर विश्व प्रसिद्ध न्याग्रा फल्सको अगाडि कविता वाचनको कार्यक्रमको थालनी गराए । उत्तर अमेरिकाको पहिलो कविता संग्रह प्रकाशन गराए । त्यसपछि उत्तर अमेरिकाका कथाकारको कथालाई अंग्रेजीमा अनुवाद गराएर प्रकाशन गर्ने समितिको संयोजक भएर काम गरे । उत्तर अमेरिकाका नेपाली साहित्यको अध्ययन गरी प्रकाशित गराए, आप्रवासमा यस्ता धेरै उदाहरणीय काम गर्ने मौका पाए । तर नेपालको माटो र माया भने मैले गुमाउँदै गएको छु ।

-रंगमञ्च तपाईंका लागि के हो ?

आत्म सन्तुष्टीको माध्यम । म सधै आफैसँग कुरा गरेर अभिनय गर्छु । यो मेरो रङ्गमञ्चसँगको अटुट सम्बन्ध हो ।

नेपाल र नेपालीत्वले बिदेशमा कस्तो गर्व दिन्छ ?


आजको मितिमा धेरैनै नेपालीहरुले आफ्नो प्रतिभा देखाएर उच्च सम्मान पाउँदै गएका छन् । यस्ता नेपालीहरुका कारण हामी विदेशीहरुका सामु रहँदा गर्व महशुस हुन्छ । हामी सगरमाथा भएको बुद्ध जन्मेको देशको नागरिक भनेर परिचय दिँदा आत्मिय आनन्द आउँछ । 
 
 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै