नाम स्ट्याण्डर, काम मुर्ख, बीमाकाे पैसा पाउन गरेकाे षड्यन्त्र बन्याे जीवन रहँदासम्म अभिशाप

काठमाडौं । बीमा हामी धेरैको रोजाइमा पर्छ। रोजाइमा बीमा परे पनि हंगेरिका स्ट्याण्डर सिएसको जस्तो रोजाइमा कसैले पनि पार्नु हुँदैन।

उनले बीमाबाट पाउनु पर्ने रकमका लागि गरेको काम सुन्दा जो कोही पनि अच्चममा नपर्ने कुरै हुँदैन। २०१४ मा एउटा घटना भएको र हालसालै त्यसको फैसला भएको डेलीमेलले लेखेको छ।

डेलीमेलका अनुसार ५४ वर्षका स्ट्याण्डरले बीमाको २.४ मिलियन पाउण्ड पाउनका लागि रेलको अघि सुते र दुबै खुट्टा गुमाए। उनले बीमाको पैसा हातपार्नका लागि हदैसम्म गिरेको प्रष्ट भएको छ। १४ वटा विमा पोलिसी लिएका उनले अन्ततः एक रुपैयाँ पनि पाएका छैनन्।

हंगेरीको निरसास्जारीको जिल्ला अदालत हालै स्यान्डर सिएस नामका ती व्यक्तिले बिमाको रकम नपाउने फैसला गरेको छ। अदालतले स्यान्डर बिमाको रकम र मुआब्जा पाउनकै लागि जानीजानी ट्रेनअगाडि सुतेर दुवै खुट्टा कटाएको ठहर गर्दै उनले पैसा नपाउने फैसला गरेको हो।

उनको दुर्घटना भएको केहीदिन अघिमात्र उच्च जोखिमखालका १४ वटा बीमा गरेको थाह भएपछि बीमा कम्पनीहरुले रकम उपलब्ध गराउन ढिलाइ गरेका थिए। उनीहरुले रकम उपलब्ध गराउन गरेको ढिलाइलाई लिएर स्ट्याण्डर अदालत पुगे। अदालतले ७ वर्ष लगाएर गरेको अनुसन्धानबाट उनले बीमाकोपैसा पाउँनका लागि गरेको षड्यन्त्र भएको भन्दै रकम नपाउने फैसला गरिदियो।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै