डा. रेणुका सोलुको "किन लाग्यो इन्द्रेणी" सार्वजनिक (भिडियोसहित)

काठमाडाैंः  साहित्यकार एंव गीतकार डा. रेणुका सोलुको "किन लाग्यो इन्द्रेणी" गीतको भिडियो रिलिज भएको छ । 

शनिबार काठमाडाैंकाे बबरमहलिस्थत मेगा कलेजको सभा हलमा एक कार्यक्रमका बीच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टिका अध्यक्ष गीता खत्री र साहित्यकार अशेष मल्लको हातबाट उक्त गीतको भिडियो रिलिज भएको हो । 

कार्यक्रममा शुभकामना मन्तव्य दिदैँ अशेष मल्लले रक्षा थापा बस्नेतको अभिनय क्षमताको खुलेर प्रशंसा गरे । उनले रक्षा भविष्यमा यो देशको अत्यन्तै आशलाग्दो कलाकार हुने विश्वास व्यक्त गरे । 

यस्तै,गीता खत्रीले  नयाँ पुस्ता अझ छोरीपुस्तालाई हरेक क्षेत्रमा अगाडि बढ्न हौसला दिनुपर्ने र अबको सँसार हाँक्न छोरीहरू पनि तयार हुनुपर्ने कताइन् । उनले गीतको शब्द, सङ्गीत, अभिनय त्रीवेणीका रुपमा तिनवटै पक्ष अत्यन्तै उत्कृष्ट रहेको र अझै उत्कृष्ट कर्म गरिरहन छोरी पुस्तालाई शुभाशिष  दिइन् । 

डा. रेणुका सोलुको शब्द रहेकाे गीतमा आर.सि. थापाको सङ्गीत र स्वरुपराज आचार्यको स्वर रहेकाे छ । गीतलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ । 

गीतको भिडियो रिलिज कार्यक्रममा दोलखा जापान सेवा समाजका निवर्तमान अध्यक्ष नवराज थापा,डेमोक्रेटिक सोसाइटी कीर्तिपुरका अध्यक्ष बलबहादुर थापा,अन्तराष्ट्रिय नेपाली कलाकार समाजका कोषाध्यक्ष कुलराज थापा,समाजसेवी अनन्ता थापा,सगरमाथा प्रतिभा प्रतिष्ठानका महासचिव केशवदेव गिरी, गायक तिलक बस्नेत, कलाकार प्रकाश बस्नेत,सञ्चारकर्मी शिखर गजारकोटे,धनवल राई, रक्षा थापा बस्नेत, अंकित खड्का, अनुप न्यौपाने, उमेश पोखरेल, चे शंकर,पुरन ओली,मिलन कार्की, अविषेक चित्रकार, आयुष कार्की, लगायतको उपस्थिति थियो । 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै