काठमाडौंः  प्रेमकथामा फिल्म बनाउँदै आएका निर्देशक सुदर्शन थापा यतिबेला नयाँ फिल्मको तयारीमा छन् । 

उनको निर्देशनमा फिल्म ‘राजा’ निर्माण हुने भएको हो । 

परशुराम बस्नेतले निर्माण गर्न लागेको फिल्म एक्सन कथामा बन्न लागेको हो । 

नेकपा एमालेका यूवा नेता बस्नेत नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष तथा प्रदेश नम्बर १ खेलकुद विकास बोर्डका कार्यकारी प्रमुख सदस्य सचिव समेत हुन् ।

फिल्मको अभिनेताको रुपमा राज कटुवाल छनौट भएका छन् । अभिनेत्री र अन्य कलाकार केही दिनमा टुङ्गो लाग्ने निर्देशक थापाले बताए ।

शिवम् अधिकारीको लेखन रहने फिल्म माघको दोश्रो साताबाट छायांकनमा निस्कने बताइन्छ ।

थापाको निर्देशन रहेको ‘म यस्तो गीत गाउँछु २’ माघको १९ गतेबाट प्रदर्शनमा आउँदैछ भने  ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा आउन बाँकी छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै