अध्ययन भन्छ, ‘पहिलो नजरको मायामा दुबैको मुटु एक धुनमा धढ्किन्छ’ 

काठमाडौं । कसैसँग पहिलो नजरमै माया बस्यो भने के हुन्छ होला ? त्यो पहिलो माया हुन्छ होला। भनिन्छ नि जसले जे भने पनि पहिलो माया भनेको पहिलो माया हो। हामीले पहिलो माया र पहिलो नजरमै माया बसेको कुरा आ–आफ्नै तरिकाले थाहा पाउने गरेका छौं। 

पहिलो नजरमा माया बसेपछि आफ्नो साथमा हुने व्यक्ति प्रिय लाग्न थाल्छ। उसको कुराकानी, उसले गरेका हरेक हर्कतहरु पनि उत्तिकै प्रिय लाग्ने गर्छन्। उसको मुस्कान आफ्नै लागि मुस्कुराएको झै लाग्छ। यस्तो लाग्छ कि उसले जति पनि कार्य गरिरहेको छ सबै मेरै लागि गरिरहेको छ। यो सब हुनुको कारण दुबैको मुटु एउटै धुनमा धढ्किन्छ। एक नयाँ अध्यायनले यसको खुलासा गरेको हो।

तर, हालै ‘नेचर ह्यूमन विह्याविअर’ नामको अन्तराष्ट्रिय पत्रिकामा छापिएको एउटा रिपोर्टले पहिलो नजरमा माया बसेको अवस्थामा दुई मुटु एउटै धुनमा ढड्किने गरेको बताएको छ। अध्यायन अुनसार मानव दिमागको केमिकलले कसैलाई देख्ने वित्तिकै उसैसँग केमिस्ट्रि मिलाउँछ। 

नेदरल्याण्डस्थित लीडेन विश्वविद्यालयका खोजकर्ताहरुले उक्त अध्ययन गरेका हुन्। उनीहरुले भनेका छन्, ‘अनलाईन डेटिङसाइटमा हेरेर हामीले प्रफेक्ट छ भनेको मान्छे असलमा त्यस्तो नहुँन सक्छ। तर, प्रत्यक्ष भेटेपछि जो सँग तपाईको केमिष्ट्री मिल्छ उ पहिलो हेराईँमै राम्रो लाग्न थाल्छ।’

अनुसन्धान कर्तामध्येकी एक एलिस्काले भनिन्, ‘यो बाहिरी रुपसँगको आकर्षणमात्र होइन्। आफूसँग भएको व्यक्तिको सोच र व्यवाहारले पनि अर्थ राख्ने गर्छ। अर्कोमान्छेसँग केमिष्ट्री मिलेको अवस्थामा तपाईँको भित्रबाट एउटा आवाज आउँछ मेरो सबै भन्दा राम्रो मित्र वा पाटनर यही हुन सक्छ। किन कि तपाईँको र तपाईँसँग पहिलो पटक मिल्ने व्यक्तिको धढ्कन एक धुनमा चलिरहेको हुन्छ।’

असलमा यो एक मनोवैज्ञानिक प्रक्रिया हो। जुन धेरै प्रकारको बायोलोजिकल प्रोसेसपछि सुरु हुने गर्दछ। बायोलोजिकल असर जस्तै, देख्नु, छुनु, कुरा गर्नु् हुन्। यसको पछाडी हर्मोनले विशेष किसिमको भूमिका निर्वाह गरेको हुन्छ। 
यो अध्ययनका लागि १४२ जना जोडिलाई लगिएको थियो। जसमध्ये १७ जोडिको मात्र डेट सफल भएको हो। 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै