घाम अस्ताएको होइनः एक आत्मिक दृष्टिकोण

म मेरी हजुरआमाको देहावसानले शोकमा विह्ल भएकै बेला आदरणीय अंटी डा.व्यन्जना शर्माको घाम अस्ताएको होइन भन्ने पुस्तक मलाई उपहार स्वरुप प्राप्तभयो। हृदयमा एउटा शून्यता र घरमा पुरै शोकको माहौल हुँदाहुँदै पनि मैले पुस्तक पल्टाउने जमर्को गरेँ र सर्वप्रथम पुस्तक परिचय पढेँ।

यो पुस्तक पनि वहाँले आफ्नी मुवाँ स्वर्ग भएको खबर पाएपछि शोकमा डुबेकै बेला मुवाँलाई लेख्नु भएको चिट्ठीहरुको संगालो रहेछ। चिट्ठीहरुमा लेखिकाको बाल्यकालदेखिकै मुवाँप्रतिको गाढा माया र प्रेम सर्बत्र छताछुल्ल भएर बगेको छ। मुवाँले आफ्ना जीवनका हरेक कुरा जस्तै आफ्नो सुख वा दुःख, आफ्लाई अत्यन्तै घत लागेका कुरा, आफ्नो रुची, आफ्नो जीवनको विशेष क्षणहरु कसरी आफ्नो सन्तानसंग साटेको हुन्छ, मुवाँ र सन्तानबीच कस्तो गहीरो सम्बन्ध हुन्छ, मुवाँको अस्तित्व सन्तानका लागि कति महत्वपूर्ण हुन्छ र सन्तानलाई मुवाँको अर्ती उपदेशले कसरी प्रभाव पारीरहेको हुन्छ भन्ने कुराहरुलाई अत्यन्त सहजताका साथ व्यक्त गरिएको छ।

मुवाँको व्यक्तित्वको यथार्थ वर्णनले मुवाँलाई सधै जीवितै राख्न सफल हुनु भएको छ। कतिपय ठाउँहरुमा दार्शनिक वा लेखकहरुका भनाइहरुको दृष्टान्त दिँदै गरिएको बर्णनहरुले यस पुस्तकको मूल तथ्यलाई प्रष्ट्याउन मद्दतगरेको छ। पुस्तकमा व्यक्त गरिएको यथार्थले शोकमा चुर्लुम्म डुबेको मेरो मनलाई बिस्तारै हलुड्गो पार्दै ल्यायो। मेरो शोकगहिरो थियो किनभने उहाँ हजुरआमा भएता पनि उहाँसँग हाम्रो मुवाँसरी नै आत्मियता र अपनत्वले गर्दा हामी बढी झ्यामिन्थ्यौे । उहाँ परिवारमा सबैलाई उर्जावान राख्ने उर्जाकी स्रोत हुनुहुन्थ्यो । उहाँको सफा सुघ्घर भएर सधै पूजाआराधनागर्ने, राम्रा राम्रालुगालगाउने, मिठामिठा कुराहरु खाने, कतै घुम्न जाने जस्ता सौखहरु पूरा गराउँदा हामीलाई पनि चाखलाख्थ्यो, हामी पनि खुसीहुन्थ्यौ ।

हरेक चाँडपर्वहरुको हेक्का राख्नु हन्थ्यो, कुन पर्वमा के खानु पर्छ सबै चाहिन्थ्यो उहाँलाई । यसरी घरमा एक किसिमको रमाइलो भइरहन्थ्यो । आज उहाँ हुनुहुन्न तर उहाँका रहरहरु र अनेक कुराहरु सम्झदा लाग्दछ जीवनलाई उर्जा दिने त रहरहरु नै हुँदा रहेछन्, रहर बिनाको जीवन त नीरस पो हुदो रहेछ।

मृत्यु अवस्वयंभावी छ र कसैको पनि मृत्यु कहिले हुन्छ भन्ने कुरा कसैलाई पनि थाहँहुदैन। जीवनमा मृत्यु निश्चित छ भन्ने जान्दाजान्दै पनि हामी हाम्राआफ्नाको मृत्युलाई सहजै स्वीकार गर्न सक्दैनौ र शोकको भूमरीमा डुब्छौ। यस्तो शोकाकुल समयमाआफूलाई सम्हाल्न सकिएनभने धेरै गाहे हुन्छ। यस्तै अवस्थाबाट उभ्रनु भएकी लेखिकाले आफूलाई सम्हाल्नको लागिदिवँगतआफ्नीमुवाँलाई  दुःख र बह चिट्ठीमार्फत पोखेर मुवाँसँग जोडिएको महशुस गर्नु भएको छ। हाम्रो कोही मरेर गएता पनि यदि हामी उहाँसँग अन्तर मनले जोडिन सक्यौ भने उहाँ हामीबाट कहिल्यै टाडा जानु हुन्नभन्ने अनुभवलाई बताउनु भएको छ। जे गराउछ, यो मनैले गराउछ। मनले जता डोर्याउछ हामी त्यतैतिर सोच्न पुग्छौ, यो हामी आफैमा छ कि हामी कसरी आफ्नो सोचलाई सकारात्मकतातिर लगेर जुनसुकै अप्ठ्यारो परिस्थितीको पनि सामनागर्न सक्छौ।

खुसी हृदयको शान्तिले पाइन्छ, जीवनको तडकभडकले मात्र केही गर्दैन र त्यहि शान्तिको लागि प्रस्तुत पुस्तकलाई एक अनुपम औषधीको रुपमा लिन सकिन्छ। यसका लागि म आदरणीय लेखिका डा.व्यन्जना शर्मामा हार्दिक धन्यवाद टक्र्याउछु। शान्ति पाउनको लागि मान्छेले प्रयास गरिरहनु परेको छ। आज जताततै योग र ध्यान केन्द्रहरु खुलीरहेको कारण पनि यहि हो।

विश्वमाआजको परिपेक्षमा हेर्ने हो भने धेरै ब्यक्ति बिभिन्न कारणले गर्दा विदेशमा छन्, उनीहरुको घरमा कसैको मृत्यु हुन सक्छ। यस्तो बेला विदेशमा बसेकाहरुले आफूलाई सम्हाल्न गाह्राे हुन्छ, जीन्दगीको गाडि डगमगाउन सक्छ। आफूलाई सन्तुलित राख्न सकारत्मक सोच अपरीहार्य छ।     

आफू बिद्यावारिधिगर्ने क्रममा अष्ट्रेलियामा बसेकै बेलाआफूनी मुवाँको मृत्युको खबरले अथाहचोटको पीडा महशुस गर्न भएकी लेखिकाले जसरी आफ्नीमुवाँले संसार छोडेर जाँदा मनमा उब्जेका घोत्ल्याइहरुलाई जस्ताको तस्तै उनै दिवंगत मुवाँलाई चिट्ठी मार्फत अर्पण गरेर आफू्लाई बिदेशमा रहेका दिनहरुमा सम्हाल्ने प्रयास गर्नु भएको छ यसले यस्तो अवस्थामा परेका जो कोहिलाई पनि सम्हलिन सघाउन सक्तछ। यस पुस्तकको सम्पूर्ण अभिप्राय पनि यहि हो। यसले गर्दा शान्तिको अनुभव गराउँछ र आगत अझै आशाप्रद लाग्दछ किनकी जब शोकलाई नै पचाउने सामर्थ्य हामीमा आउँदछ हामी त जस्तोसुकै परिस्थितिमा पनि तटस्थ भएर रहन सक्छौं। जीवन भनेको यस्तै संघर्षहरुको श्रृखला हो र जसले यसलाई सहजै आत्म साथ गर्न सक्यो उसैले सन्तुलित जीवन बाँच्न सक्यो। 

खुसी हृदयको शान्तिले पाइन्छ, जीवनको तडकभडकले मात्र केही गर्दैन र त्यहि शान्तिको लागि प्रस्तुत पुस्तकलाई एक अनुपम औषधीको रुपमा लिन सकिन्छ। यसका लागि म आदरणीय लेखिका डा.व्यन्जना शर्मामा हार्दिक धन्यवाद टक्र्याउछु। शान्ति पाउनको लागि मान्छेले प्रयास गरिरहनु परेको छ। आज जताततै योग र ध्यान केन्द्रहरु खुलीरहेको कारण पनि यहि हो।

कुनै बेला ध्यान तथा योगमा कसैकसैलेमात्र चासो लिएको देखिन्थ्यो तर अहिलेको समयमा यो सबैको आवश्यक्ता बनेको छ किनभने आजको समयमा बिकाशसँगै बिकृति पनि बढीरहेको छ। यी बिकृतीहरुले बिभिन्न किसीमका समस्याहरुलाई निम्त्याएका छन् र जीवन अनेकौ दुःखको भूमरीमा डुबेको छ। त्यसैले म सम्पूर्ण पाठक वर्गहरुमा एक चोटी यो पुस्तकलाई पढ्ने आग्रहगर्दछु। यस पुस्तकमा समेटिएका भावनामा डुब्नुहुने जो कोइलाई पनि शोक परेका बेलाआफूलाई सम्हाल्नको लागि यसले अवश्य पनि सघाउनेछ, जीन्दगीको डुङ्गालाई यस्तै यस्तै छालहरुबाट जोगाउदै पारी किनारसम्म लैजान मद्दत गर्नेछ। सबैका लागि यति उपयोगी पुस्तक लेखिदिने लेखिकाको साहित्यिक यात्रा यस्तै प्रेरणामूलक कृतिहरुका साथ अघि बढोस् भन्ने शुभकामना पनि दिन चाहन्छु।

जसरी हामी घाम अस्तायो भन्छौ तर वास्तवमा घाम कहिल्यै अस्ताउदैन, पृथ्वीको अर्को पाटोमा त घाम रहन्छ नै त्यसैगरी मनुष्यको भौतिक शरीरले देह त्याग गरे पनि आत्मा त कहिल्यै मर्दैन भन्ने कुरा यदि सत्य हो भने त्यो आत्माकुनै न कुनै रुपमा रहि नै रहन्छ। आत्मा मर्दैन भन्ने कुरालाई बिभिन्न धर्म ग्रन्थहरुमा पनि भनिएको छ। शरीरले वस्त्र फेरेसरी आत्माले शरीर फेर्दछ भन्ने कुरा हिन्दु धर्म ग्रन्थ गीतामा भनिएको छ। जसरी घामको अस्तित्व पृथ्वीले घुम्ने क्रममा पृथ्वीको कुनै भागमा देखिदैन त्यसैगरी आत्माको अस्तित्व शरीर बदल्ने क्रममा छैन भन्ने बुझिन्छ तर वास्तवमा त्यो कहीँ न कहीँ हुन्छ नै। यस अर्थमा यस पुस्तकको नाम घाम अस्ताएको होइन भनेर राख्नु पनि मलाई उपयुक्त र सान्दर्भिक लागिरहेको छ। 
    
    


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै