साहित्यिक पत्रकार संघकाे अध्यक्षतामा दुवाल

काठमाडौं । नेपाल साहित्यिक पत्रकार संघको अध्यक्षमा मोहन दुवाल निर्वाचित भएका छन्। काभ्रेको बनेपामा भएको अधिवेशनबाट ‘जनमत’ साहित्यिक मासिकका प्रधान सम्पादकसमेत रहेका दुवाल अध्यक्षमा निर्वाचित भएका हुन्।  साहित्यिक पत्रपत्रिकालाई राज्यले उपेक्षा गर्न नहुनेलगायत १३ बुँदे बनेपा घोषणापत्र जारी गर्दै सम्मेलन सकिएको छ। 

दुवालको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय समितिको पनि चयन गरेको छ। समितिको वरिष्ठ उपाध्यक्षमा वियोगी बुढाथोकी, उपाध्यक्षमा रामप्रसाद पन्त, नवराज पुडासैनी, बालिका गिरी र गङ्गा सुवेदी, महासचिवमा चेतनाथ धमला, उपमहासचिवमा नवराज रिजाल, सचिवमा होमशङ्कर बास्तोला र लक्ष्मी भट्टराई तथा कोषाध्यक्षमा सूर्यप्रसाद लाकोजु चयन भएका छन्।

यसैगरी, केन्द्रीय सदस्यमा नवदीप श्रेष्ठ, गणेश राई, बालमुकुन्द कार्की, गायत्रीकुमार चापागाईँ, नानीमैया अधिकारी, प्रकाश सिलवाल, यादव भट्टराई, माधवप्रसाद पोखरेल, सुधीर घिमिरे, डा शैलेन्द्रप्रकाश नेपाल,  पुण्य घिमिरे,   जगत वाशिष्ठ र रामसुन्दर देउजा रहेका छन्। 
१६ वर्ष पहिले स्थापना भएको संघको केन्द्रीय सल्लाहकारमा रोचक घिमिरे, नगेन्द्रराज शर्मा, मातृका पोखरेल, नरेन्द्रबहादुर श्रेष्ठ, लक्ष्मी उप्रेती, डा रेवतीरमण लाल र वासुदेव अधिकारीलाई चयन गरिएको छ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै