राजनीतिक दलको उम्मेदवार बन्ने पत्रकारको सदस्यता खारेज हुन्छः पत्रकार महासङ्घ

काठमाडौंः नेपाल पत्रकार महासङ्घले आफ्ना विभिन्न समितिका पदाधिकारी र सदस्य राजनीतिक दलका उम्मेद्धबार र प्रतिनिधि बनेकोप्रति पत्रकारहरू प्रत्यक्ष दलीय राजनीतिमा सहभागी भएको विषयप्रति

महासङ्घले आइताबार एक विज्ञप्ति जारी गर्दै ​पत्रकार महासंघको केन्द्रीय समिति, प्रदेश समिति, शाखा समितिका पदाधिकारी र सदस्यले कुनै राजनीतिक दलको कार्यसमिति, प्रतिनिधि वा उम्मेदवार हुन नपाउने जनाएको छ । महासंघले यदि उम्मेदवार बनेको भए उच्च नैतिकता प्रदर्शन गर्न आग्रह गरेको हो ।

कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारिता नहुने भन्दै महासंघले महासंघको कार्यकारी पदमा बहाल रहेको अवस्थामा पनि कुनै दलको चुनावमा उम्मेदवार हुने, प्रतिनिधि चयन हुने कुरा महासंघको विधान तथा पत्रकारिताको विश्वव्यापी मूल्यमान्यताको विरुद्ध रहेको बताएको छ ।

नेपाल पत्रकार महासङ्घको विधान २०६० (पाँचौँ संशोधन २०७६) ले प्रष्ट रूपमा ‘महासङ्घका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भ्रातृ सङ्गठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन’ महासचिव रोसन पुरीले विज्ञप्तिमार्फत भनेका छन् , ‘राजनीतिक दल वा भ्रातृ सङ्गठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा सङ्गठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्नेतर्फ ध्यान दिन महासङ्घ आग्रह गर्दछ । ’

गएको  भदौ ९ गते मकवानपुरको दामनमा बसेको महासङ्घको बैठकले ‘राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्नेगरी बनेका समितिहरूमा रहेका महासङ्घका सदस्यको हकमा बाहेक राजनीतिक दलको कार्यकारी भूमिकामा काम गरिरहेकाहरूको सदस्यता महासङ्घको विधानअनुसार मान्य नहुने भएकाले खारेज गरिने छ’ भन्ने व्यवस्था गरेको भन्दै सोतर्फसमेत सचेत रहन पत्रकारहरूलाई आग्रह गरिएको छ ।


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै