सोलुखुम्बुः सोलुखुम्बुमा आफ्नै छोरालाई एसिड प्रहार गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।

आफ्नो २५ वर्षीय छोरासहित २ जनालाई एसिड प्रहार गरी घाइते बनाएको आरोपमा सोलु दुधकुण्ड नगरपालिका–५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईली पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

एसिड प्रहारबाट घाइते भएका दुवै जनालाई जिल्ला अस्पताल फाप्लु लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि दुवै जनालाई थप उपचारको लागि काठमाडौंको बीर अस्पतालमा पठाइएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै