कक्षा–११ को रजिष्ट्रेसन फाराम खुल्यो (सूचनासहित)

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले कक्षा–११ को रजिष्ट्रेसन फाराम खुलाएको छ।

बोर्डले शैक्षिकसत्र २०७८/७९ मा भर्ना भएका विद्यार्थीहरूका लागि रजिष्ट्रेसन फाराम खुलाएको हो।

बोर्डले आउँदो पुस २१ गतेसम्म ४०० रुपैयाँ फाराम शुल्क, एसईई ग्रेडसिटको प्रतिलिपिसहित फाराम बुझाउने मिति तोकेको छ।

तोकिएको समयमा फाराम नबुझाए पुस मसान्तसम्म दोब्बर शुल्क तिरेर फाराम भर्न सकिने जनाएको छ  रजिष्ट्रेसन फाराम स्वयंले भरेको हुनुपर्नेछ।

विद्यार्थीहरूको उक्त विवरणलाई सम्बन्धित विद्यालयले अनलाइन  मार्फत प्रविष्टि गर्ने व्यवस्था मिलाइने छ।अनलाइन प्रविष्टि गर्नको लागी बोर्डको वेबसाइट http://exam.neb.gov.np  मार्फत मिति २०७८ पुस १० गते देखि पुस मसान्तमा बन्द गरिने छ।

विद्यालयहरूले माघ ७ गतेभित्रमा रजिष्ट्रेसन फाराम बोर्डको कार्यालयमा बुझाइसक्नुपर्नेछ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै