शिक्षामन्त्रीद्वारा ३१ बुँदामा मन्त्रालयको प्राथमिकता सार्वजनिक

काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ३१ बुँदे मन्त्रालयको प्राथमिकताहरु सार्वजनिक गरेका छन्। पत्रकार सम्मेलन गर्दै उनले मन्त्रालयका प्राथमिकताहरु सार्वजनिक गरेका हुन्। 

उनले विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोप व्यवस्था गर्ने पहिलो नम्बारमा राखेका छन्। त्यस्तै सबै पालिका, जिल्ला र प्रदेशलाई साक्षर घोषणा गरिने, सिक्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यन्वयन गर्ने, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन र नियमलाई प्रभावकारी रुपमा कार्यन्वयन गरिने उनका ३१ वटा बुँदामा समेटिएको छ।

त्यस्तैगरी कक्षा १२ सम्मका पाठ्यपुस्तकको छपाई गुणस्तरीय एवं रङ्गिन बनाइने, अधिकतम सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पढाइ सञ्चालनमा ल्याइने, स्थायी शिक्षकको पदपूर्तिको लागि विज्ञापन प्रक्रिया तत्काल अगाडि बढाइने लगायतका बुँदाहरु राखिएका छन्।

No description available.

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै