आइसीसी महिला क्रिकेटमा नेपालको पहिलो जित

काठमाडौँ : आईसीसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपाली महिला क्रिकेट टोलीले पहिलो जित दर्ता गरेको छ । 

युएईको दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा मंगलबार भएको खेलमा भुटानलाई ८ विकेटले हराउँदै नेपालले पहिलो जित दर्ता गरेको हो ।

भुटानले जितका लागि दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले ८ ओभर ३ बलमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालकी इन्दु बर्माले सर्वाधिक १८ रन जोडिन् । यस्तै, सिता राना मगर १७, कप्तान रुबिना क्षेत्रीले १० तथा कविता जोशी ८ रनमा अविजित रहिन् ।

भुटानकी टासी छेकीले एक विकेट लिईन् ।

यस अघि पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ६१ रन बनाएको थियो । भुटानका लागि नगावाङ छोदेनले १३, सोनाम पाल्डेनले ११ तथा कप्तान एसेय छोदेनले ९ रन जोडिन् ।

नेपालकी सिता राना मगरले सर्वाधिक ३ विकेट हात लिइन् । यस्तै, करुणा भण्डारीले एक विकेट हात पारिन् ।

यो जितसँगै नेपालले २ खेलबाट  २ अंक जोडेको छ । यस्तै भुटानले पनि २ खेलबाट २ अंक नै जोडेको छ । नेपाल पहिलो खेलमा हङ्कङसँग पराजित भएको थियो भने भुटनले पहिलो खेलमा कुवेतलाई हराएको थियो ।

अब नेपालले आफ्नो तेस्रो खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै शुक्रबार मलेसियासँग र पाँचौँ खेल आइतबार युएईसँग खेल्ने छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै