युभेन्टसमाथि चेल्सीको फराकिलो जित

काठमाडौँ : युइएफए च्याम्पियन्स लिगमा चेल्सी विजयी भएको छ । मंगलबार राति स्टामफोर्ड ब्रिज लन्डनमा भएको लिगको समूह चरणको खेलमा युभेन्टसलाई ४–० गोलले हराउँदै चेल्सी विजयी भएको हो ।

चेल्सीका लागि ट्रिभोअ चालोवाह, रिस जेम्स, कलुम हड्सन ओडोइ र टिमो वेर्नरले एक–एक गोल गरेका थिए । 

खेलको २५औं मिनेटमा चेल्सीका चालोवाहले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ५५औं मिनेटमा जेम्स, ५८औं मिनेटमा ओडोइ र इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा वेर्नरले गरेको गोलसँगै चेल्सी ४–० गोलले विजयी भयो । 

यो जितसँगै समूह ‘एच’ मा रहेको चेल्सी १२ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । समान १२ अंक नै भएको युभेन्टस गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । 

दुवै टोलीले यो समूहबाट नकआउट चरण (अन्तिम १६)मा स्थान पक्का गरिसकेका छन् ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै