सुनको ढुङ्गा भनेर ल्याएको बस्तु बहुमूल्य उल्का पिण्ड निस्केपछि...

काठमाडौंः सन् २०१५ मा अष्ट्रेलियाका डेविड होल नाम गरेका व्यक्तिले रातो र पहेँलो रंगको भारी ढुङ्गा भेटाए। उनले उक्त ढुङ्गा सुन हुन सक्ने भन्दै घरमा राखे। अष्ट्रेलियाको मेलबर्नमा ६ वर्ष पहिला भेटिएको उक्त सुनको ढुङ्गाको वास्तविकता थाहा पाएपछि डेविड होल छक्क परे। उनले ६ वर्षपछि उक्त सुनको ढुङ्गा ४.६ अरब वर्ष पुरानो उल्का पिण्ड भएको थाहा पाए। 

अहिले उनको हातमा लागेको उक्त खजनाको मूल्य अनुमान पनि गर्न सकिँदैन। सुन खोज्न हिडेका उनको हातमा अरबौं साल पुरानो उल्का पिण्ड परेको कुरा ६ वर्षपछिमात्र थाहा भयो। 
१९ औँ शताब्दीमा सबै भन्दा बढी सुन पाउने ठाउँ हो मेलबर्न। उक्त ठाउँमा सुनका अवशेष खोज्न पुगेका उनलाई बहुमूल्य बस्तु भेटिएको अन्तराष्ट्रिय संचार माध्यामले जनाएका छन्। 

सुनको ढुङ्गा भन्दै धेरै पटक फूटाउने प्रयास गरेका उनले फूटाउन नसकेपछि नजिकैको म्यूजियमा लिएका हुन्। छ वर्षसम्म घरमा राखेर पनि प्रयोग गर्न नसकिएपछि उनले उक्त वस्तुलाई संग्रालयमा पु¥याएका हुन्। 

संग्रालयमा पु¥याएर अरबौं वर्ष पहिलाको उल्का पिण्ड भन्ने थाहा पाएपछि पो उनको होस उड्यो। जब संग्रालयका भूवैज्ञानिक डेरमोट हेनरीले उल्का पिण्ड भएको बताए। अन्तराष्ट्रिय संचारमाध्यामलाई उनले भने, ‘अहिलेसम्म मैले दुई वटा मात्र असली उल्कापिण्ड देखेको छु’
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै