आईसीसी महिला क्रिकेट : आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ : आईसीसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

युएईको दुबईस्थित आइसीसी एकेडेमी ग्राउन्डमा नेपाली समयअनुसार विहान सवा ११ बजे हुने खेलमा नेपाल कुवेतलाई पराजित गर्दै ग्लोबल छनोटको सम्भावना कायमै राख्न चाहन्छ ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो । एक खेल जितेको नेपाल २ अंकसहित दोस्रो स्थानमा छ । 

कुवेत भने यसअघिका आफ्ना दुबै खेलमा पराजित भएको छ । कुवेत भुटानसँग ४० रन तथा मलेसियासँग ८१ रनले पराजय भएको थियो । 

६ टिम सहभागी जारी प्रतियोगितामा दुई–दुई अंक नै रहेका मलेसिया, हङकङ र भुटान रनरेटका आधारमा क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । 

छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ ।

प्रतियोगिता अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले शुक्रबार मलेसिया र पाँचौ खेलमा आइतबार युएईसँग प्रतिस्पर्धा गर्नेछ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै