च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी अन्तिम १६ मा प्रवेश

काठमाडौँ : यूईएफए च्याम्पियन्स लिग फुटबलमा समूह ‘ए’ मा रहेको म्यानचेस्टर सिटी अन्तिम १६ (नकआउट चरण) मा प्रवेश गरेको छ । 

सिटीको घरेलु मैदान एतिहद रंगशालामा बुधबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ गोलले हराउँदै सिटीले नकआउट चरणमा स्थान सुरक्षित गरेको हो ।

सिटीका लागि रहिम स्टर्लिङ र ग्याब्रीएल जेससले एक–एक तथा पिएसजीका केलियन एम्बाप्पेले एक गोल गरेका थिए ।

खेलको ५०औँ मिनेटमा पीएसजीका एमबाप्पेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ६३औँ मिनेटमा सिटीका स्टर्लिङले गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए । 

त्यसपछि खेलको ७६औँ मिनेटमा जेससले गरेको गोलसँगै सिटी २–१ गोलले विजयी भयो ।

यो जितसँगै सिटी ५ खेलबाट १२ अंक जोड्दै समूह ‘ए’ को विजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । पराजित भएको पीएसजी पनि ८ अंकका साथ दोस्रो स्थानमा रहँदै छनोट भएको छ । 

समुहको अर्को खेलमा आरबी लाइप्जिगले क्लब ब्रुगलाई ५–० गोलको फारकिलो अन्तरले पराजित गरेको छ । लाइप्जिग र ब्रुगको समान ४–४ अंक रहेको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै