रियल मड्रिड र इन्टर मिलान नकआउट चरणमा 

काठमाडौँ : स्पेनिस क्लब रियल म्याड्रिडले च्याम्पियन्स लिगमा एक पक्षीय जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको छ ।  

बुधबार राति भएको खेलमा समुह ‘डि’ मा रहेको रियलले मोल्दोभन क्लब सेरिफ तिरस्पोललाई ३–० गोलले हराउँदै समूह चरणको एक खेल खेल्न बाँकी छँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो ।  

रियलका डिभिड अल्बा, टोनि क्रुस र करिम बेन्जमाले एक–एक गोल गरेका थिए ।

खेलको ३०औँ मिनेटमा रियलका अल्बाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, पहिलो हाफको अतिरिक्त समयमा क्रुसले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

त्यसपछि ५५औँ मिनेटमा बेन्जमाले गरेको गोलसँगै रियल मड्रिड ३–० गोलले विजयी भयो । 

यो जितसँगै समूह ‘डि’ मा रहेको रियल ५ खेलबाट १२ अंकका साथ शीर्ष स्थानमा रहेको छ । ६ अंक जोडेको सेरिफको नकआउट चरण पुग्ने सम्भावना सकिएको छ । 

यस्तै बुधबार राति नै भएको समुहको अर्को खेलमा इन्टर मिलानले शख्तर डोनेक्स माथि २–० को जित निकालेको छ । यो जितसँगै इन्टर मिलान नकआउट चरणमा पुग्न सफल भएको छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै