लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु

काठमाडौँ : यसवर्षको १६ दिने लैंगिक हिंसाविरुद्धको अभियान आजदेखि सुरु भएको छ ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत नेपालमा पनि सरकारी तथा महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न गैरसरकारी संघसंस्थाले चेतनामूलक कार्यक्रम गरी मनाउने गर्दछन् ।

अभियान अन्तर्गत यस वर्ष ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नारा तय गरिएको छ । 

सन् १९९९ मा संयुक्त राष्ट्रसंघको महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा यो दिवस विश्वभर मनाउन थालिएको हो । 

नेपालमा विसं. २०५४ सालदेखि सरकारी तथा गैरसरकारी संघ संस्थाले महिला हिंसाविरुद्धको अभियान चलाइरहे पनि महिला हिंसाका घटनामा कमी आएको छैन ।

सरकारले चलाएको अभियान वास्तविक पीडितसम्म पुग्न नसकेको महिला अधिकारकर्मीहरूको गुनासो छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै