काठमडौंः हुस्सु र कुहिरोका कारण आन्तरिकतर्फको उडान प्रभावित भएको छ ।

बिहान सबेरैदेखि लागेको हुस्सु र कुहिरोले भिजिबिलिटी (पारदर्शिता) कम भएका कारण  काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फका उडान प्रभावित भएको काठमाडौं विमानस्थलले जनाएको छ। 

कम भिजिविलिटीका कारण काठमाडौंबाट बिराटनगर, भरतपुर, सुर्खेत, पोखरा, धनगढी लगायत क्षेत्रमा आज बिहान निर्धारित उडानहरु डिले (ढिलाइ) भएको हो । 

आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै