काठमाडौंः एभरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ।
पुस १ गते २७ औँ साधारण सभा आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाटमा  बोलाएको हो । सो सोभा  बिहान १० बजे शुरु हुनेछ।सभामा जुममार्फत सहभागी हुने शेयरधनीहरुलाई मिटिङ्ग आइडि र पासवर्डको व्यवस्था गरिने छ।
सभामा हाल कायम चुक्ता पूँजीको शेयर धनिलाइ दिने लाभांश  ६ प्रतिशतका दरले बोनस शेयर र करसहित ४.३२ प्रतिशत नगद लाभांश गरी कुल १०.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 
सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने छ।
साधारणसभा प्रयोजनार्थ बैंकले मंसिर १७ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै