काठमाडौैंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ।
हिजो प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ सय रुपैयाँले घटेर ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार  २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 
त्यस्तै आज चाँदीको मूल्य सामान्य  वृद्धि भएको छ ।यस दिन चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार २३० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन चाँदी तोलामा ३० रुपैयाँले गिरावट भएर प्रतितोला एक हजार २२५ तोकिएको थियो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै