महाधिवेशनले सबैलाई एक ठाउँमा बनाएर लैजान्छः महेश बस्नेत

काठमाडौंः नेकपा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले १०औँ महाधिवेशनले सबैलाई एक ठाउँमा बनाएर लैजाने बताए ।

महाधिवेशनमा सहभागी हुन चितवन पुगेका उनले पत्रकारहरुसँग कुराकानी गदै माओवदीबाट आएका र १० वुँदे सहमतिबाट आएका नेताहरुलाई व्यवस्थापन गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । 

उनले भने, “अन्यमा समस्या छैन । १० बुादे सहमतिपछि आएका नेतामा केही समस्या देखिएको हो । उनीहरुलाई जिम्मेवारी दिएर व्यवस्थापन गर्न सकिन्छ ।” 

महाधिवेशनले केपी शर्मा ओलीकै नेतृत्वमा एमालेलाई अघि बढाउने भन्दै उनले अन्य विषयमा छलफलबाट समाधान हुने विश्वास व्यक्त गरे । उनले भने, “अहिलेको महाधिवेशनले नयाँ र युवा पुस्ताको पनि व्यवस्थापन गर्न जरुरी छ ।” आफू सचिव पदको उम्मेदवार रहेको भन्दै उनले जिम्मेवारी दिँदा पुराना र नयाँलाई मिलाइर अघि बढ्नुपर्ने बताए । उनले भने, “एमालेको पदाधिकारीको प्रवेश विन्दु नै सचिव हो । यसमा नयाँ र युवा पुस्ताको पनि सहभागिता आवश्यक छ ।”

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै