प्रधानन्यायाधीशलाई पदमुक्त गर्न माग गर्दै सुरु भयो न्याय मार्च

काठमाडौंः  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पदमुक्त गर्न माग गर्दै विभिन्न पेशागत तथा नागरिक संस्थाहरूले बालुवाटार न्याय मार्च’ सुरू गरेका छन् ।

नेपाल बार एसोसिएन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल ईन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ, नेपाल आदिवासी जनजाति महासंघ र बृहत नागरिक आन्दोलनले प्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्च अदालत परिसरदेखि बालुवाटारसम्म संयुक्त रूपमा न्याय मार्च’ गर्न लागका हुन् ।

सर्वोच्च अदालतको गेटबाट सुरु भएको मार्च माइतीघर,भद्रकाली हुँदै बालुवाटारतर्फ अघि बढेको छ। 

मार्चमा सहभागीपेशागत तथा नागरिक संस्थाहरूले प्रधानन्यायाधीश जबराविरुद्ध तत्काल महाभियोगको प्रक्रिया थाल्दै वर्तमान गतिरोध तोड्न र न्यायपालिका रूपान्तरणका निम्ति संविधान संशोधनसहितको तयारी गर्न माग गरेका छन् । यस्तै जबराको सम्पत्ति छानविन गर्न पनि माग गरिएको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै