मंसिर १५ देखि गोलाप्रथाबाट मुद्दाको पेसी  तोक्ने सर्वोच्चको निर्णय

काठमाडौंः सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरुको आज बसेको पूर्ण बैठक (फूलकोर्ट) ले मंसिर १५ देखि गोलाप्रथाबाट मुद्दाको पेसी तोकी मुद्दाको सनुुवाइ गर्ने निर्णय गरेको हो ।

यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको थियो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।

यसअघि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले इजलास गठन र मुद्दाको पेसी तोक्ने गरेका थिए ।

गोलाप्रथाबाट पेसी तोक्ने निर्णयसगै  प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकार खोसिने छ भने प्रधानन्यायाधीशले तोकेको इजलासमा नबस्ने निर्णय गरेका न्यायाधीशलाई इजलास फर्किने बाटो खुल्ने छ ।  
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै