काठमाडौंः साताको अन्तिम कारोबारको दिन आज सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ ।

आज नेप्से ३.२२ अंकले घटेर २७३१.७८ अंकमा  आएको छ । त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.४५ अंकले बढेर ५१५.६४ अंकमा पुगेको छ । 

आज नेप्सेसगै कारोबार पनि घटेको छ । यस दिन विभिन्न २३३ कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता सेयर ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३३१ रुपैयाँमा कारोबार भएको छ । 

यसअघि हिजो ४ अर्ब २१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । 

आज कारोबारमा आएकामध्ये बैंकिङ, होटल तथा पर्यटन र अन्य बाहेकका सबै उपसूचक घटेका छन्।  

खरिदबिक्री रकममा नेपाल दूरसञ्चार कम्पनी २६ करोड ५७ लाख रुपैयाँभन्दा बढीसहित अग्रस्थानमा रहेको छ । २६ करोड ५७ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः महालक्ष्मी विकास बैंक र सिभिल बैंक रहेका छन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै