म उम्मेदवारी फिर्ता गर्दिन,अफवाह नफैलाए हुन्छ : डा.रावल 

चितवन : नेकपा एमालेका उपाध्यक्ष डा.भीमबहादुर रावलले अध्यक्ष पदको आफ्नो  उम्मेदवारी कुनै हालतमा फिर्ता नगर्ने बताएका छन् । चितवनमा हुने एमालेको १० औँ   महाधिवेशनमा  अध्यक्ष  केपी ओलीसंग अध्यक्ष पदमा चुनावी प्रतिस्पर्धामा रहेका डा. रावलले  आफूलाई कम नआक्न  ओलीलाई चुनौती दिएका छन् ।  

उनले पार्टीमा प्यानल बनाएर चुनाव लड्ने प्रवृत्तिलाई अन्त्य गर्न आफूले  एक्लै उम्मेदवारी घोषणा गरेको  बताएका छन् । तर प्यानल नबनाउने पार्टीको निर्णयलाई ओलीले उलंघन गरेर प्यानल बनाए भने आफूले पनि प्यानल बनाउने बताएका छन् । 

खुलामञ्चसंग संक्षिप्त प्रतिक्रिया दिँदै डाक्टर रावलले  भने- "मेरो जित निश्चित भएका कारण भीम रावलले उम्मेदवारी फिर्ता गर्छ , भन्ने अफवाह फैलाउने काम भएको छ । म कुनै पनि हालतमा उम्मेदवारी फिर्ता लिन्न  ।  भीम रावलले उम्मेदवारी फिर्ता लिन्छ भन्ने हल्लाका पछाडि नलाग्न सबैलाई आग्रह गर्दछु । र यस्तो अफवाह नफैलाउन आग्रह समेत गर्छु ।"

"राष्ट्रका पक्षमा बोल्दा मलाई अनेकन आरोप लगाउने दुष्कर्म पनि नगरिएको होइन । तर म त्यस्ता प्रवृत्तिसंग  डराउदिनँ । मैले  जनता र देशको पक्षमा बोल्दा म निर्भीक भएर बोलेको छु ."  डा. रावलले भने ।

डाक्टर रावलले  भने-  " नेकपा एमालेको नेतृत्वमा पुगेर   राष्ट्रिय राजनीतिलाई सहज बनाउने । कम्यूनिस्टहरुलाई एक ठाउँमा ल्याउने   सपना मसंग छ ।  देशमा  उत्पन्न आर्थिक कठिनाइलाई चिर्दै  देशको समग्र राजनीतिलाई सवल बनाउन सक्छु भन्ने दावी गरेर मैले  अध्यक्षमा उम्मेदवारी दिएको छु , मलाई विश्वास छ , मेरो जित निश्चित छ ।"

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै