शेरधन राईले एमाले सचिवमा उम्मेदवारी दिने 

काठमाडौंः नेकपा एमाले केन्द्रीय सदस्य एवं पूर्वमुख्यमन्त्री शेरधन राईले १०औँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने भएका छन् । 

उनले आफू सचिवका लागि योग्य रहेको भन्दै  सोही पदका लागि उम्मदवारी दिने बताए । 

पार्टीको सहमति हुदा ​पनि आफ्नो दाबी सचिवमै रहने र निर्वाचन भएमा पनि सचिवमा उम्मदवारी दिने उनले बताए।

भोलि महाधिवेशन उद्घाटन कार्यक्रम सकिएपछि पार्टी केन्द्रीय कमिटी बैठक बस्ने बताउदै उनले बैठकमा पनि यस विषयमा छलफल हुने बताए । सहमति हुने अवस्थामा आवश्यक परेमा पदाधिकारीको संख्या बढाउन समेत सकिने उनको भनाइ छ। 

प्रदेश १ का पूर्वमुख्यमन्त्री राई अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र हुन्। उनी ओली भन्दा बढी राष्ट्रपति विद्यादेवी भण्डारीसँग निकट छन्

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै