महाधिवेशनको सम्पूर्ण तयारी पूरा भयोः एमाले

काठमाडौंः नेकपा एमालेले पार्टीको १०औं महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । 

महाधिवेशन सुरु हुन अघि आज प्रसेस चौतारीले नारायणी नदी किनारमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचार विभाग प्रमुख भट्टराईले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन् । उनले महाधिवेशनमा करिब साढे सात करोड खर्च हुने पनि बताए ।

उनले सार्वजनिक सवारी आवागमन बन्द गर्नेबारे स्थानीय प्रशासनले पार्टीसँग कुनै पनि छलफल नगरेको जानकारी दिए ।  उद्घाटन कार्यक्रमका दिन भोली सार्वजनिक यातायात चल्न पाउनुपर्ने बताउदै उनले सवारी चलाउन कुनै प्रकारको अवरोध हुनु नहुने बताए । 

भट्टराईले उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित अन्य दलका अध्यक्षहरू पनि समारोहमा सहभागी भएर सम्बोधन गर्ने जानकारी दिए ।

उनका अनुसार महाधिवेशनमा २ हजार १७५ जना प्रतिनिधि सहभागी हुने छन् भने १०३ जना पर्यवेक्षक रहनेछन् । यसपटक महाधिवेशनमा कूल ६२७ जना महिला प्रतिनिधि र दलित र उत्पीडित वर्गबाट २०९ जना प्रतिनिधि सहभागी रहेको बताए ।

उद्घाटनपछि सबै प्रतिनिधि र पर्यवेक्षकहरुलाई खाना र बस्नको व्यवस्था गरिएको उनले बताए । साथै उनले  सबै प्रतिनिधिहरूलाई भोलि नै परिचय पत्र वितरण गरिने र पर्सी ११ बजेबाट बन्द सत्र सुरु हुने बताए । 


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै