कोमल वलीद्वारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौंः राष्ट्रिय सभा सासंद कोमल वलीले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । 

शुक्रबारबाट सुरु हुने एमालेको १० औं महाधिवेशनमा सहभागी हुन चितवन पुगेकी उनले महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताइन् । 

दाङ क्षेत्र नम्बर ३ बाट केन्द्रीय प्रतिनिधि चयन भएकी वली ले विभिन्न चार उद्देश्यका साथ आफूले उम्मेदवारी दिने निर्णय लिएको जानकारी दिइन् ।

 केपी शर्मा ओलीको नेतृत्वलाई सक्षम बनाउने, पार्टीलाई सम्मृद्ध बनाने ,राजनीतिक रुपान्तरणका लागि पार्टीले खेल्ने भूमिका सशक्त बनाउने र राजनीतिलाई गतिशील बनाउने उद्देश्यले 
आफूले महाधिवेशनमा उम्मेदवारी दिएको उनको भनाइ छ । 

वलीले आफु आवाजविहीनहरुको आवाजको रुपमा समेत महाधिवेशनमा प्रस्तुत हुने बताइन् ।

केपी ओलीको नेतृत्वमा पार्टी अगाडि बढ्ने उनको धारणा छ । 

एमालेमा कुनै पक्ष विपक्ष नभएको भन्दै वलीले व्यक्तिगत रुपमा कसैले अध्यक्ष पदमा उम्मेदवारी दिएपनि आफूले भने केपी ओलीलाई समर्थन गर्ने स्पष्ट पारिन् । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै