काठमाडाैं : कवि मायादेवी गुरुङद्वारा लिखित कविता कृति जिन्गदीको विमोचन गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति संस्कृतिविद् डाक्टर जगमान गुरुङले उक्त कृतिको विमोचन गरेका हुन ।

काठमाडाैं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा पुस्तक विमोचन गर्दै संस्कृतिविद् डा गुरुङले कविताले समाजलाई सभ्य बनाउने बताए । कविताले पनि समाजको संस्कृतिलाई बोक्ने दावी गुरुङले गरेका थिए । यस्तै कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा डा खगेन्द्रप्रसाद लुईँटेलले कवि गुरुङले कविता सिर्जनामा राम्रो सम्भावना बोकेको बताए । 

साहित्यकार प्राज्ञ माया ठकुरीले  मायादेवीका कविता समाजका प्रतिबिम्ब भएको बताइन्। यस्तै साहित्यकार एवं समाजका निवर्तमान अध्यक्ष राधेश्याम लेकालीले मायादेवीमा सिर्जनाको राम्रो चेत भएको बताए। 

अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा सम्मपन्न कार्यक्रममा समाजका अध्यक्ष एवं समारोहका सभापति कवि सन्ध्या पहाडीले विदेशमा बसेर नेपाली भाषको सेवा गर्ने स्रष्टाहरुको नेपालमा सम्मान गर्नु पर्ने बताइन् । अध्यक्ष पहाडीले नेपाली भाष साहित्यलाई देशविदेशमा फैलाउनका लागि समाज लागि परेको बताइन । 

यस्तै कविता कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै समालोचक ज्ञानु अधिकारीले मायादेवीका कविता सरल र सहज भएको बताउँदै कविताले समाजलाई बुझ्न सघाउने बताइन । कार्यक्रमको संचालन साहित्यकार डाक्टर रेणु सोलु गरेकी थिइन भने राजेन्द्र केसीले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै