सबै पदमा सहमति जुटेको भन्दै विष्णु पौडेलले प्रिन्ट गरे नामावली 

चितवनः सोराहामा जारी नेकपा एमालेको १० र्औ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज दोस्रो दिनको बन्दसत्र अझै सुरु हुन सकेको छैन । 

बिहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र साँझ ७ बजेका लागि सारिएको थियो । तर रातीको ९ बजिसम्म पनि  बन्दसत्र सुरु भएको छैन । 

पदाधिकारीमै सहमति जुट्न नसकेपछि ओलीले नेताहरुसँग समूहगत र एक्काएक्लै छलफल गरेका थिए। सोही कारण बन्दसत्र बिहान १० बजेका सुरु हुने बन्दसत्र रातीको ९ बपेसम्म सुरु भएको छैन । 

यसैबीच, नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले केन्द्रीय पदाधिकारी एवं सदस्यहरूका सबै पदमा सहमति जुटेको र नामहरू टुंगो लागेको बताएका छन् ।

सौराहाको पार्क सफारी रिसोर्टमा अध्यक्ष केपी शर्मा ओलीसँग बसेर नामावली टुंगो लगाएपछि पौडेलले दोस्रोचोटि नामावली प्रिन्ट गरेका छन् । उनले दिउँसो पनि एकपटक नाम प्रिन्ट गरेर अध्यक्ष ओलीलाई देखाएका थिए । 

केन्द्रीय सदस्यहरुको नाम प्रिन्ट  गर्ने क्रममा पौडेललाई सञ्चारकर्मीहरूले सहमति जुटेको हो भनि प्रश्न गरेका थिए जवाफमा उनले सहमति जुटिसकेको बताए ।

प्रिन्ट गरिएको कागजमा अध्यक्ष ‘केपी शर्मा ओली’ लेखिएको छ भने उपाध्यक्ष खाली राखिएको छ ।

अब केन्द्रीय कमिटीको नाम टुंगो लगाएपछि अध्यक्ष मण्डलको बैठक बस्ने र त्यसपछि बन्दसत्र सुरु हुने नेताहरुले बताएका छन् । 

 

प्राप्त प्रतिकृयाहरू

Manoj bhusal लेख्नुहुन्छ (२०७८ मङ्सिर १२ आइतबार ११:०७ pm )

Kp chairman hunnu parxa

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै