चितवनः सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भए पनि अन्ततः अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने भएका छन्। आइतबार दिनभर अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि छलफल गरेका थिए। दुबै जनाको उम्मेदवारी परेपछि कसले बाजी मार्छ भन्ने सर्वत्र चासो बढेको छ।

नेकपा एमालेभित्र ओलीसँग रुष्ट पक्षले रावललाई मतदान गर्ने छ भने पूर्व माओवादीबाट आएको तप्काले ओलीलाई मतदान गर्ने नेताहरुको सर्वेक्षण छ। 

छलफलबाट आएको केन्द्रीय नेतृत्व र सदस्यहरुको नामावलीमा रावलले असहमति जनाउँदै अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएपछि ओलीले पनि अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्। दुबै जनाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएपछि उनीहरुबीच प्रतिस्पर्धा हुने भएको छ। 

यस्तै, उपाध्यक्षमा घनश्याम भुसाल, विष्णु पौडेलले पनि उम्मेदवारी दर्ता गराएका छन् भने सचिवमा भीम आचार्यले उम्मेदवारी दर्ता गराएका छन्। ओलीले सार्वजनिक गरेको सूचीमा रावल, भुसाल र आचार्यको नाम समावेश थिएन।

निर्वाचन हुने भएपछि मंसिर १२ गतेसम्म भनिएको महाधिवेशन १ दिन लम्बिएको छ। सोमबार विहान ८ बजेदेखि निर्वाचन प्रक्रियामा गएको महाधिवेशन मतपरिणाम सार्वजनिक भएपछि केन्द्रीय कमिटीको घोषणा हुने छ। 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै