काठमाडौंः साताको तेस्रो कारोबारको दिन आज सेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ। 

आज नेप्से १.६४ अंकले घटेर २६२८.३७ अंकमा आएको छ । त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.१८अंकले बढेर ४९५.६३ अंकमा पुगेको छ ।  

ad

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । यस दिन विभिन्न २२५ कम्पनीको ६४ लाख ४७ हजार ४४९ कित्ता सेयर ३ अर्ब रुपैयाँ बढीमा कारोबार भएको छ । हिजो ४ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको थियो । 

आज कारोबारमा आएकामध्ये ७ उपसूचक घटेका छन् भने ६ उपसूचक बढेका छन् । 

न्यादी हाइड्रोपावर र सामलिङ्ग पावर कम्पनीको सेयरमा भने सकारात्मक सर्किट लागेको छ। 

खरिदबिक्री रकममा आइसीएफसी फाइनान्स १६ करोड रुपैयाँभन्दा बढीसहित अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः महालक्ष्मी विकास बैंक र हिमालयन डिष्टिलरी परेका छन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै