एमाले उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यलाई सबैभन्दा बढी मत,घनश्याम भुसाल पराजित

काठमाडौंः नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य सबैभन्दा बढी मतसहित निर्वाचित भएकी छन् । 

चितवनमा जारी १०औँ महाधिवेशनमा खसेको २०९६ मतमध्ये शाक्य १९७६ मत ल्याएर निर्वाचित भएकी हुन् ।

शाक्यसहित उपाध्यक्षमा सुरेन्द्र पाण्डे,सुवास नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली र रामबहादुर थापा बादल निर्वाचित भएका छन्। 

पाण्डेले १९२५, नेम्वाङले १८६५, पौडेलले १८५६, ज्ञवालीले १८४२ र बादलले १७६८ मत ल्याएका छन् ।

एमाले उपमहासचिव घनश्याम भुसाल भने उपाध्यक्षमा पराजित भएका छन् । उनले ७२५ मत पाएका छन् । एमाले अध्यक्ष केपी ओलीले भुसालबाहेक ६ जनालाई उपाध्यक्षमा प्रस्ताव गरेका थिए । उपाध्यक्षमा नसमेटिएका भुसालले उम्मेदवारी दर्ता गराएका थिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै