काठमाडौंः नेकपा एमालेको सचिवमा केपी शर्मा ओलीले प्रस्ताव गरेका सबै सचिव निर्वाचित भएका छन्।
चितवनमा जारी १०औँ महाधिवेशनमाको मतगणनाको अन्तिम नतिजाअनुसार सचिवमा टोपबहादुर रायमाझी, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट र गोकर्ण विष्ट निर्वाचित भएका हुन् ।
सबैभन्दा बढी विष्टले १९७६ मत ल्याएका छन् । यस्तै भट्टराईले १९६४, अर्यालले १८००, विश्वकर्माले १८००, भट्टले १७०४, रायमाझीले १७०० र महासेठले १५१३ मत ल्याएका छन्।
सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् । आचार्यले १३०० मत र कार्कीले ५०० मत ल्याएका छन् ।
एमाले अध्यक्ष केपी ओलीले आचार्य र कार्कीबाहेक सबै जनालाई सचिवमा प्रस्ताव गरेका थिए । सचिवमा नसमेटिएका आचार्य र कार्कीले उम्मेदवारी दर्ता गराएका थिए।
प्रतिक्रिया थप्नुहोस्