ओलीले प्रस्ताव गरेका सबै उपाध्यक्ष र सचिव विजयी 

काठमाडौंः नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओलीले प्रस्ताव गरेका सबै उपाध्यक्ष र सचिव विजयी भएका छन् । 

चितवनको सौराहामा भएको महाधिवेशनमा ओलीले उपाध्यक्ष र सचितवमा प्रस्ताव गरेका सबै उम्मेदवार विजयी भएका हुन् भने ओलीले प्रस्ताव नगरेका उम्मेदवार पराजित भएका छन् । 

एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य ,सुरेन्द्र पाण्डे,सुवास नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली र रामबहादुर थापा बादल निर्वाचित भएका छन्। त्यसमध्ये शाक्य सबैभन्दा बढी मत १९७६ सहित निर्वाचित भएकी छन् । यस्तै पाण्डेले १९२५, नेम्वाङले १८६५, पौडेलले १८५६, ज्ञवालीले १८४२ र बादलले १७६८ मत ल्याएका छन् ।  

ओलीले प्रस्ताव नगरेका एमाले उपमहासचिव घनश्याम भुसाल भने उपाध्यक्षमा पराजित भएका छन् । उनले ७२५ मत पाएका छन् ।

यस्तै, एमाले सचिवमा पनि ओलीले प्रस्ताव गरेका सबै निर्वाचित भएका छन्। 

गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायमाझी,रघुवीर महासेठ, निर्वाचित भएका हुन् । 

सबैभन्दा बढी विष्टले १९७६ मत ल्याएका छन् । यस्तै भट्टराईले १९६४, अर्यालले १८००, विश्वकर्माले १८००, भट्टले‍‍ १७०४, रायमाझीले १७०० र महासेठले १५१३ मत ल्याएका छन्।

सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् । आचार्यले १३०० मत र कार्कीले ५०० मत ल्याएका छन् । 

आचार्य र कार्कीबाहेक अन्य सबैलाई ओलीले सचिवमा प्रस्ताव गरेका थिए । सचिवमा नसमेटिएका आचार्य र कार्कीले उम्मेदवारी दर्ता गराएका थिए।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै