अध्यक्ष नभए पनि तपाईका लागि पशुपति छँदै छु : राणा

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणा पार्टीको आसन्न महाधिवेशनमा अध्यक्षको उम्मेदवारी नदिने भएका छन्। पार्टीको कार्यालय चावहिलमा पत्रकार सम्मेलन गर्दै उनले सहमतिबाट नेतृत्व चयनका पक्षमा रहेको र अध्यक्ष पदका लागि उम्मेदवारी नदिएको जानकारी दिए। 

उपस्थित समर्थकसँग उनले भने, ‘अध्यक्ष नभए पनि तपाईँका लागि पशुपति छँदै छु। तपाईँको उन्नति र प्रगति नै चाहनेमान्छे हुँ। अहिले पनि म त्यही चाहान्छु। तर, म अध्यक्षका लागि उम्मेदवारी नदिए पनि सहमतिबाट नेतृत्व बनोस भन्ने अपेक्षामा छु।’

उनी पार्टीको महाधिवेशनमा नेतृत्वका दाबेदारहरु कमल थापा र राजेन्द्र लिङ्देनमध्ये कसैको पक्षमा पनि खुलेका छैनन्। राणाले पार्टीको एकता र बृहत्तर हितका लागि निर्वाचन प्रक्रियाबाट अलग रहने निधो गरेको उल्लेख गरेका छन्। 

उनले भनेका छन्,‘ नेतृत्वको रस्साकसीमा फेरी पनि टुट र फुटको श्रृङ्खला नदोहोरियोस् भन्ने मेरो चाहना हो । त्यसैकारण देशव्यापी सद्भावना र समर्थनका बाबजुद, पार्टीको एकता र बृहत्तर हितका लागि निर्वाचन प्रक्रियाबाट अलग रहने मैले निधो गरेको छु।’

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै