एमालेको पदाधिकारी तथा केन्द्रीय सदस्यद्वारा सपथ ग्रहण

चितवनः नेकपा एमालेको नयाँ केन्द्रीय कमिटीका अध्यक्षसहित सम्पूर्ण सदस्यले पद तथा गोपनीयताको सपथ गरेका छन्। निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले अध्यक्षमा विजयी भएका केपी शर्मा ओलीलाई अध्यक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए। 

अध्यक्ष ओलीले आफूले सपथ गरेपछि बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत सपूर्ण केन्द्रीय पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए। 

सहमतिबाट नेतृत्व चयनको विषयलाई नमानेर निर्वाचनमा गएका भीम रावल अध्यक्ष पदमा पराजित भएका छन् भने, घनश्याम भुसाल उपाध्यक्ष र भीम आचार्य सचिवमा पराजित भएका छन्। 

अहिले केन्द्रीय आयोगका पदाधिकारीलाई सपथ गराउने कार्यक्रम चलिरहेको छ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै